धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्।
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।
बिहान ४ बजेतिर प्रयागराजको संगमस्थानमा भुइँमा मानिसहरू सुतिरहेको बेला एक्कासि भागदौड मच्चिएको थियो।
धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बीबीसीले जनाएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्।
घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ। मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ।
४५ दिनसम्म चल्ने यस वर्षको उत्सवमा ४० करोडभन्दा बढी मानिसले स्थान गर्ने अपेक्षा गरिएको छ। बुधबारको दिन मौनी अमावस्यमा मात्रै १० करोडभन्दा धेरै श्रद्धालु उपस्थित हुने अनुमान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
