अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने सूचीमा राखेको छ।
काठमाडौँ– अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्ने भएको छ।
अमेरिकाको 'इमिग्रेसन एन्ड कस्टम इन्फर्समेन्ट' (आईसीई)ले जारी गरेको सूचीमा १४ लाख ४५ हजार ५४९ अवैधानिक आप्रवासीलाई देश निकाला गर्न लागेको जनाएको हो। आईसीईका अनुसार यस सूचीमा सन् २०२४ नोभेम्बर २४ सम्म गैर–हिरासत डकेटका लागि अन्तिम आदेश भइसकेकाहरू समावेश छन्। गैर–हिरासत डकेट भनेको आईसीईको हिरासतमा नराखिएका तर निष्कासन गर्नुपर्ने आप्रवासीहरूको सूची हो।
यस सूचीमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१ नागरिक छन्। त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना निष्कासित हुनेछन्। यस सूचीमा चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शुरूआतसँगै आप्रवासी नीतिमा कडाइ गरेका छन्। जनवरी २० मा उनले शपथग्रहण गरेसँगै अमेरिकामा रहेका अवैधानिक आप्रवासीलाई उनीहरूकै देश फर्काउने काम शुरु भइसकेको छ।
प्रहरी र अध्यागमन विभागका अधिकारीहरूले घर–घरमा गएर विदेशीहरूलाई सोधपुछ गरिरहेका छन्। अवैधानिक भएका आप्रवासीहरूलाई हदगडी र नेल लगाएरै डिपोर्ट गरिरहेका तस्वीर बाहिरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
