यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ।
काठमाडाैँ– जापानमा स्कुले विद्यार्थीमा आत्महत्यादर बढेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार सन् २०२४ मा ५२७ स्कुले विद्यार्थीले आत्महत्या गरेका छन्। यो दर सन् २०२३ मा ५१३ जना थियो।
यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ। सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो संख्या बीस वर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो।
जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्यांकले देखाएको छ।
“हामी यसलाई गम्भीरतापूर्वक लिन्छौँ,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने। उनले भने, “बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
