लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको मड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्लाले भने शीर्ष आठमा स्थान बनाए। यी आठ टिमले नयाँ ढाँचाको प्लेअफ खेल्नुपर्ने छैन।
काठमाडौँ– म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’मा पुगेको छ। बुधबार राति क्लब ब्रुगलाई ३-१ ले हराउँदै सिटीले प्लेअफमा स्थान बनाएको हो।
पहिलो हाफमा १-० ले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब ब्रुगले खेलमा अग्रता बनाएको थियो।
सिटीका लागि माटेओ कोभासिस र ले साभिन्होले गोल गरे। एक गोल उपहार पाएको थियो। जितसँग ८ खेलमा ३ जितसहित सिटी प्लेअफमा पुगेको हो। समान ११ अंक जोडेको क्लब ब्रुग पनि प्ले अफमा पुगेको छ।
च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोली सिधै नकआउट चरणमा पुग्नेछन्। बाँकी ८ टोलीका लागि तालिकाको नवौँदेखि २४औँ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ हुनेछ। त्यसको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ।
यस्तै, पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि प्लेअफमा पुगेको छ। पीएसजीले स्टुटगार्टलाई ४–२ ले पराजित गर्यो। साबिक विजेता रियल मड्रिडले पनि प्लेअफ खेल्नुपर्ने भएको छ। बुधबार राति ब्रेस्टलाई ३–० ले हराए पनि रियल नकआउट चरणमा पुग्न सकेन।
यसैगरी, लिभरपुल, बार्सिलोना, आर्सननल, इन्टर मिलान, एथलेटिको मड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्लाले भने शीर्ष आठमा स्थान बनाए। यी आठ टिमले नयाँ ढाँचाको प्लेअफ राउन्ड खेल्नु पर्ने छैन।
च्याम्पियन्स लिगमा बुधबार राति एकै समय प्रतियोगिताका १८ खेल भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
