सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक बिदा

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।

काठमाडौँ– तामाङ समुदायले बिहीबार विविध कार्यक्रम आयोजना गरेर सोनाम ल्होछार मनाउँदै छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ। 

सोनाम ल्होछारका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ। आजदेखि खरायो वर्ग पूरा भएर गरुड वर्ष प्रवेश भएको छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ । 

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गर्छन्।