अमेरिकामा ठोक्किए उडिरहेका विमान र हेलिकप्टर

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र तीन सैनिक सवार हेलिकप्टर ठोक्किएका छन्।

तस्वीर: रोयटर्स

अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकप्टरसँग ठोक्किएको छ।

अमेरिकाको ‘फेडरल एभिएसन एडमिनिस्ट्रेसन’का अनुसार ६४ जना यात्रु सवार विमान रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग हावामा ठोक्किएको जानकारी दिएको छ। 

सीएनएनका अनुसार हेलिकप्टरमा ३ सैनिक सवार थिए। अहिले फायरबोटले नदीमा विमान खोजिरहेको डीसी फायर एन्ड ईएमएस विभागले जनाएको छ। त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ।

रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।