नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपाल बलिङमा

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर बलिङ रोजेकी हुन्।

काठमाडौँ– त्रिकोणात्मक महिला टी२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर बलिङ रोजेकी हुन्। नेपालले पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। 

नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै छन्। एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन्।

नेपाली टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, बिन्दु रावल, अलिसाकुमारी यादव, सम्झना खड्का, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी र मनिषा उपाध्याय रहेका छन्।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड्सको सहभागिता छ। सिरिज माघ २५ गतेसम्म सञ्चालन हुनेछ।