नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको बलियो लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो।

काठमाडौँ– त्रिकोणात्मक महिला टी२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ। 

नेपालले टस जितेर बलिङको निर्णय लिएपछि ब्याटिङमा उत्रिएको पाहुना टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका लागि रोबिन रिकेले अर्धशतकीय पारी खेलिन्। उनले अविजित ५९ रन बनाइन्। आइरिस विलिङले ३१ रनको योगदान दिइन्। 

नेपालका कविता कुँवर, पूजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक-एक विकेट लिए।