आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको मूल्यसूचीमा घटेर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।
इन्डियन आयल कर्पोरेसनले हरेक १५/१५ दिनमा निगमलाई मूल्यसूची पठाउने गर्छ। जसअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने/बढाउने गरे पनि यसअघि मूल्य घटेर आउँदा घटाएको थिएन।
निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको हो। अब पेट्रोलको प्रतिलिटर १७८, डिजेल र मट्टितेलको प्रतिलेटर १७५ रुपैयाँ खुद्रा मूल्य कायम भएको छ। यसअघि पेट्रोलको १८१, डिजेल र मट्टितेलको १७८ रुपैयाँ प्रतिलिटर मूल्य कायम थियो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा मूल्य भने यथावत् राखेको छ।
निगमले अझै इन्डियन आयल कर्पोरेसनलाई १९ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ। बक्यौता र नेपाल सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न चुनौती रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
