अन्तरक्रिया कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा शासनप्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित थियो।
काठमाडौँ– जलवायु परिवर्तनका विभिन्न पक्षबारे सरोकारवाला निकायसँग प्रदेश तहमा छलफल आयोजना गरिएको छ।
नेपालमा क्रियाशील ‘ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गर्भनेन्स’ले जलवायु परिवर्तन र यससँग सम्बन्धित शासनप्रणालीका बारेमा कोशी र मधेश प्रदेशमा छलफल गरेको हो।
जलवायु परिवर्तनका क्षेत्रमा शासनप्रणालीलाई सबल बनाउने तथा यसबारे थप पहलका लागि पैरवी गर्न प्रदेशसभा सदस्य, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सुरक्षा निकायका प्रतिनिधिको सहभागितामा छलफल गरिएको संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले जानकारी दिए।
उनकाअनुसार मधेश प्रदेशको धनुषा र कोशी प्रदेशको इटहरीमा छलफल कार्यक्रम गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा जलवायु परिवर्तनको क्षेत्रमा शासनप्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित रहेर बहस गरिएको थियो। संस्थाले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बहस र अन्तरक्रिया कार्यक्रम गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
