भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीबाट ४२ वर्षअघि चोरिएको पूर्ण कदको तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृहमा फेला परेको छ।
काठमाडौँ— भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीमा रहेको पूर्ण कदको ताराको मूर्ति उक्त स्थानबाट चोरिएको ४२ वर्षपछि अमेरिकाको न्युयोर्कमा फेला परेको छ।
चोरिएका/हराएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, १३औँ या १४औँ शताब्दीको यो सम्पदा उभिएको अवस्थामा हिटी परिसरमा राखिएको थियो। यो पुरातात्त्विक तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृह ‘सदबिज’को लट नम्बर १५० मा रहेको छ। यो मूर्ति सन् १९९१ अक्टोबर २८ देखि सदबिजमा रहेको पाइएको हो।
यो सम्पदाबारे अन्वेषक लैनसिंह वाङ्गदेलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९)मा समेत उल्लेख गरिएको छ। उक्त कृतिमा यो सम्पदालाई कलाकौशल आधारमा मध्यकालीन नेपाली शिल्पीको उत्कृष्ट नमूनाका रूपमा बयान गरिएको छ। देवीमूर्तिको शिल्पी र आवरणअनुसार यसलाई भृकुटी, तारा वा लक्ष्मीका रूपमा पनि चिन्न सकिने परिचयमा उल्लेख छ।
वाङ्गदेलको कृतिलगत्तै अर्का कला अध्येता जुर्गेन सिकको ‘गड्स आर लिभिङ्ग द कन्ट्री’ र स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कलप्चर्स’मा समेत यो प्रस्तरमूर्ति चोरी भएको विवरण उल्लेखित छ। तर झन्डै ६५ सीएम लामो उभिएको ढुंगाको मूर्तिलाई लिलामीगृह सदबिजमा कसरी, कुन रूपमा र कसले लगेको थियो भन्ने अन्वेषण हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
