नाला बनाउने, ट्राफिक संकेत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्दा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
तनहुँ– पाल्पाको रामपुर र तनहुँको घिरिङ हुँदै पृथ्वीराजमार्ग जोड्ने कृष्ण मोटरमार्गको धेनुङ देउराली–केलादीघाट खण्ड अलपत्र बनेको छ।
सडक निर्माणको जिम्मा पाएको चितवनको सन्तोषी निर्माण सेवाले नै मुद्दा हालेपछि घिरिङ गाउँपालिकामा पर्ने २५ किलोमिटर सडकखण्ड आठ वर्षदेखि अलपत्र बनेको हो। १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी विसं २०७३ वैशाख २३ गते सम्झौता गरेको पूर्वाधार कार्यालय तनहुँका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए।
उनका अनुसार १० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले काम पूरा नगरी सकिएको दाबी गर्दै भुक्तानी माग गरेको थियो। पूर्वाधार विकास कार्यालय तनहुँले काम पूरा नगरेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले उच्च अदालत पोखरा हुँदै नेपाल मध्यस्थता परिषद्मा मुद्दा दायर गरेको थियो।
निर्माण व्यवसायीले मेसिन र कामदारमार्फत लागतभन्दा धेरैको काम गरेको मौखिक दाबी गरेको तर हाजिरीलगायत काम गरेको पुष्टि हुने कागजात पेश नगरेको पूर्वाधार कार्यालय तनहुँले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकमा निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत तत्कालीन सांसद केदार सिग्देलको पहलमा ४० करोड रुपैयाँ बजेट परेको थियो। तर अदालतमा मुद्दा विचाराधीन भएकै कारण उक्त रकम खर्च गर्न नसकेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।
सडक निर्माण विसं २०७३ मा जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण शुरू भएको थियो। जिल्ला प्राविधिक कार्यालयसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले यो सडकको निर्माण २०७४ साउन २८ गतेभित्र सक्नुपर्ने थियो। तर, त्यो बेला बल्ल काम थालेको कम्पनीले पछि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो। ठेकेदारले ७५ प्रतिशत काम गरेको र सात करोड ६० लाख ३७ हजार (करिब ७१ प्रतिशत) भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
नाला बनाउने, ट्राफिक संकेत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्दा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। निर्माण सेवाले ब्याजसहित चार करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेको थियो। नेपाल मध्यस्थता परिषद्ले २०७९ चैत ९ गते ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँले यही २०८० वैशाख ११ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए।
अहिले उच्च अदालत पाटनले मध्यस्थता परिषद्को आदेश बदर गर्दै सम्झौताअनुसार काम गरेपछि मात्र भुक्तानी दिन आदेश दिएको थियो। सन्तोषी निर्माण सेवाले भने ब्याजसहित चार करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेकामा मध्यस्थता परिषद्ले ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँ उक्त फैसला बदरको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ।
आर्थिक वर्ष २०७८/७९ यता उक्त सडकको लागि करोडौँ रकम विनियोजन भए पनि मुद्दाकै कारण उक्त रकम खर्च गर्न नसकिएको घिरिङ गाउँपालिकाका अध्यक्ष थापाले बताए।
“ठेकेदारले दुःख दिने, समयमा काम नगर्ने र उल्टो मुद्दा हाल्ने गरेपछि सडक विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म सहजीकरणको पुग्यौँ”, अध्यक्ष थापाले भने ‘तर, परेको बजेट खर्च गर्न पाएनौँ।”
उक्त सडकको काम सञ्चालन गर्न घिरिङ गाउँपालिकाले जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री, पूर्वाधारमन्त्री, पूर्वाधार कार्यालय, सडक विभाग, प्रधानमन्त्री र अर्थमन्त्री समक्ष पटक पटक भेटी सहजीकरण गर्न अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
