संकटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौँ– ‘ए’ डिभिजन टोली संकटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए। त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो। सडन डेथमा संकटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके। लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे।
यस्तै बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।
प्रतियोगिताको विजेता टोली संकटाले २६ लाख तथा उपविजेता बागमतीले १३ लाख पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी संकटाका कप्तान दीप कार्की घोषित भए। उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे।
त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए। उनले २५ हजार प्राप्त गरे। उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए। विजेताहरूलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे।
कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
