बिहीबार राति रामग्राम नगरपालिका–१२ पचगाँवास्थित राजेश लोनियाको घरबाट लागुऔषध ब्राउनसुगर नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ।
नवलपरासी– पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ।
बिहीबार राति रामग्राम नगरपालिका–१२ पचगाँवास्थित राजेश लोनियाको घरबाट लागुऔषध ब्राउनसुगर नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले जानकारी दिए।
लोनियाले बिक्री वितरणका लागि लागुऔषध राखेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको बोहराले बताए।
प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए। अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ खुट्टामा एक राउन्ड गोली लागेको डीएसपी बोहराले बताए।
उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताए।
लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार छन्। प्रहरीले ती व्यक्तिको पनि खोजिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
