वासिङ्टनको आकाशमै सैनिक हेलिकप्टर र यात्रुवाहक हवाईजहाज आपसमा ठोक्किँएर भएको दुर्घटनामा दुवै विमानमा सवार सबैको मृत्यु भएको अधिकारीले बताएका छन्।
आकाशमै सैनिक हेलिकप्टर र यात्रुवाहक हवाईजहाज ठोक्किँदा दुवै विमानमा सवार सबैको मृत्यु भएको अधिकारीले बताएका छन्।
बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि ठोक्किर दुर्घटना भएको थियो। हलिकप्टर र विमान पोटोमाक नदीमा खसेका थिए।
उक्त नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए। विमानस्थल वासिङ्टनबाट नदीपारि छ। विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताए। “अब हामी उद्धारबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ,” राजधानीका दमकल प्रमुख जोन डोनेलीले भने।
हवाई दुर्घटनाको अनुसन्धानमा महिनौँ लाग्न सक्छ। संघीय अनुसन्धानकर्ताले पत्रकारलाई कारणबारे अनुमान नगर्ने बताएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धानकर्ताले बोम्बार्डियर सिआरजे७०० विमानबाट ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर बरामद गरेको एजेन्सीका प्रवक्ता पिटर नुडसनले बताए। मूल्यांकनका लागि ती सामग्री एजेन्सीको प्रयोगशालामा छन्।
डोनेलीका अनुसार विमान कम्मरसम्मको पानीमा तीन खण्डमा उल्टो अवस्थामा फेला परेको थियो। उद्धारकर्ताहरूले पोटोमाकको माइलौँ क्षेत्र खोजिरहेका छन्। हेलिकप्टरको भग्नावशेष पनि फेला परेको छ। नदीका तस्वीरहरूमा आंशिक रूपमा डुबेको पखेटा र विमानको फ्युजलाजको क्षतविक्षत भग्नावशेष वरिपरि डुंगाहरू देखिन्छन्।
अमेरिकन एयरलाइन्सका सिीइओ रोबर्ट इसोमले जेटको ‘सैन्य विमान बाटोमा आएपछि’ विमान सामान्य अवतरणको तयारीमा रहेको बताए।
एसोसिएटेड प्रेसले प्राप्त गरेको संघीय उड्डयन प्रशासनको प्रतिवेदनअनुसार दुर्घटना हुँदा एक एयर ट्राफिक कन्ट्रोलर हेलिकप्टर र आउने–जाने विमानको समन्वय गर्न जिम्मेवार थिए। यी जिम्मेवारी प्रायः दुई व्यक्तिबीच विभाजित गरिन्छ तर ट्राफिक कम हुन थालेपछि विमानस्थलले साँझ ९ः३० बजे यी भूमिकाहरू एकीकृत गर्छ। बुधबार टावर सुपरभाइजरले तिनलाई चाँडै नै कार्य एकीकृत गर्न निर्देशन दिएका थिए।
यस मामिलासँग परिचित एक व्यक्तिले त्यस रात टावरमा कर्मचारीहरू सामान्य स्तरमा रहेको बताएका छन्। आन्तरिक प्रक्रियाबारे छलफल गर्न नाम न छाप्ने शर्तमा बोल्दै उनले भने, “कन्ट्रोलरहरूलाई कन्सोलबाट ब्रेकका लागि टाढा जानुपर्दा, सिफ्ट परिवर्तन हुँदा वा हवाई यातायात कम हुँदा यी पदहरू नियमित रूपमा एकीकृत गरिन्छ।”
संघीय उड्डयन प्रशासन लामो समयदेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कमीसँग जुधिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
