सरकारले प्रतिनिधिसभामा विभिन्न समयमा ल्याएका ६ वटा अध्यादेश पेश गरेको छ।
काठमाडौँ– प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्। शुक्रबार प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे।
सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत ती व्यवस्थाहरू संशोधन गर्नुपरेको उनको भनाइ छ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेका छन्।
शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका हुन्।
त्यस्तै, सभाले प्रतिनिधिसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको नामलाई सभाले स्वीकृत गरेको थियो। सभाले सांसदहरू ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो।
त्यस्तै, बैठकले पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पीएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
पूर्वसभामुख ढुंगानाको गत मंसिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो। त्यस्तै, संविधानसभा सदस्य सिद्धिकीको गत मंसिर ३ गते ६० वर्षको उमेरमा र पूर्वसांसद पीएल सिंहको गत पुस १ गते ८८ वर्षको उमेरमा निधन भएको थियो।
यस्तै, संविधानसभा सदस्यसमेत रहेका शर्माको यही माघ ७ गते ६७ वर्षको उमेरमा निधन भएको थियो। सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।
त्यस्तै, सभाले तीन जना सांसदको संसदीय समितिमा जिम्मेवारी थप तथा हेरफेर गरेको छ। सांसद रञ्जिता श्रेष्ठलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा जिम्मेवारी तोकिएको छ ।
सांसद कल्पना चौधरीलाई पूर्वाधार विकास समितिबाट अर्थ समिति र सांसद दुर्लभ थापालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अर्थ समितिमा जिम्मेवारी तोकिएको छ। प्रतिनिसभाको अर्को बैठक माघ २४ गते दिनको १ बजे बस्नेछ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
