दक्षिण कोरियाले चिनियाँ स्टार्टअप डिपसिकसँग प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गरिन्छ भन्नेबारेमा सोधपुछ गर्ने भएको छ।
दक्षिण कोरियाले यस हप्ता आफ्नो शक्तिशाली नयाँ एआई च्याटबट लन्च गरेको चिनियाँ स्टार्टअप डिपसिकसँग प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गर्छ भनेर सोध्ने भएको छ। सियोलको डाटा नियामक निकायले शुक्रबार यसबारे जानकारी दिएको हो।
अमेरिकी कम्पनीले गरेको लगानीको एक अंशमा निर्माण भएको डिपसिकको आर१ च्याटबट अमेरिकाका कृत्रिम बौद्धिकता (एआई) अग्रणीको क्षमतासँग मेल खाने दाबी गरिएको छ।
यो समाचारसँगै प्रविधि दिग्गज कम्पनीहरूको शेयरमा उच्च गिरावट ल्याइदिएको छ। एनभिडियाको सोमबार शेयर १७ प्रतिशतले खस्किएको थियो। साथै हालका वर्षमा एआईमा लगानी गरिएको सयौँ अरब डलरबारे पनि प्रश्नहरू उठाएको छ।
“डिपसिकले व्यक्तिगत डाटा कसरी व्यवस्थापन गर्छ भन्नेबारे जानकारी प्राप्त गर्न हामीले शुक्रबारदेखि नै लिखित रूपमा अनुरोध पेश गर्ने योजना बनाएका छौँ,” दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण आयोगका एक अधिकारीले एएफपीलाई बताए। यद्यपि उनले थप विवरण खुलाउन चाहेनन्।
अन्य देशले पनि डिपसिकको एआई च्याटबटबारे प्रश्न उठाएका छन्। इटालीले यस हप्ता आर१ मोडेलमा अनुसन्धान शुरू गरेको छ। यसलाई इटालियन प्रयोगकर्ताको डाटा प्रशोधन गर्नबाट रोकसमेत लगाइएको छ।
इटालियन डाटा संरक्षण एजेन्सीले डिपसिकको एआई प्रणालीलाई तालिम दिन कुन जानकारी प्रयोग गरिन्छ र यदि डाटा इन्टरनेटबाट स्क्र्याप गरिएको हो भने प्रयोगकर्ताहरूलाई उनीहरूको डाटा प्रशोधनबारे कसरी सूचित गरिन्छ भनेर सोधिरहेको छ।
फ्रान्सेली नियामक सीएनआइएलले पनि डिपसिकसँग यसको च्याटबटबारे ‘यसको कार्यप्रणाली र डाटा संरक्षणसम्बन्धी जोखिमहरू राम्रोसँग बुझ्न’ सोधपुछ गर्ने बताएको छ। चिनियाँ स्टार्टअपले आफ्नो ठूलो लर्निङ मोडल सञ्चालन गर्न कम उन्नत एच८०० चिपहरू प्रयोग गरेको बताइएको छ। यी चिप्स अमेरिकी निर्यात नियन्त्रणअघि २०२३ चीन किनको हुन सक्ने आकलन गरिएको छ।
दक्षिण कोरियाली चिप्स निर्माता सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स एआई सर्भरमा प्रयोग हुने उन्नत चिप्सका प्रमुख आपूर्तिकर्ता हुन्। डिपसिकको प्रभावबारे चिन्ताबीच शुक्रबार लामो बिदापछि बजार पुनः खुल्दा सियोलको शेयर बजारमा गिरावट देखिएको छ।सामसुङ २ प्रतिशतभन्दा बढीले घटेको छ भने एसके हाइनिक्स १ विन्दुमा करिब १२ प्रतिशतसम्म गिरावट आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
