गाउँपालिकाले सरकारी बजेटबाट व्यक्तिगत जग्गामा हाटबजार भवन निर्माण गरेपछि समस्या भएको हो। त्यहाँ व्यापारीहरूले बजार लगाउन मानिरहेका छैनन्।
पाल्हीनन्दन– पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपैयाँमा निर्माण गरेको हाटबजार प्रयोगविहीन भएको छ।
हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा आउन नसकेको सरावल–३ का स्थानीय लेखनाथ रायले बताए। उनका अनुसार बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैयाँ भाडा दिने सर्तमा सरकारले १० कट्ठा जग्गामा हाटबजार निर्माण गरेको हो। निर्माणाधीन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ।
“पालिकाका निवर्तमान उपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफ्नो व्यक्तिगत जग्गामा निर्माण गरेपछि समस्या भएको हो,” सरावल–३ का वडाध्यक्ष फिरंगी चौधरीले भने, “हाटबजार एकान्तमा रहेकोले व्यापारीले त्यहाँ बजार लगाउन मानेका छैनन्।”
नम्बरी जग्गामा बनेको भवनमा बजार लगाउने पहल भइरहेको तर व्यापारीहरूले नमानेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
