शनिबारको मौसम: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

दिउँसो कोशी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, राति कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।