सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। साँगा क्षेत्रमा ठूलो घुम्ती र भिर भएकाले काम गर्न केही अप्ठ्यारो भएको आयोजनाले जनाएको छ।
काठमाडौँ– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक–धुलिखेल १६ किलोमिटर सडक ६ लेन बनाउने कामले सुस्त छ।
सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ। तीन वर्षभित्र सम्पन्न गर्नेगरी २०७९ पुस २४ मा उक्त आयोजना शुरू भएको थियो। तर अहिलेसम्म करिब ३० प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ।

आयोजनाअन्तर्गत ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। साँगा क्षेत्रमा ठूलो घुम्ती र तल ठूलो भिर भएकाले काम गर्न केही अप्ठ्यारो परेको छ।
सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार बजेट अभावका कारण काममा ढिलाइ भइरहेको छ। ८ अर्ब रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ मात्रै बजेट निकासा गरेको छ। यस्तो अवस्थामा मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ भएको आयोजनाको गुनासो छ।

पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा सर्भिस लेन निर्माण गर्न नसकिने डीपीआर अध्ययनले देखाएको छ। सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि १ अर्ब मुआब्जा दिनुपर्ने छ।

२०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानून बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् राखेको थियो। सोही आधारमा दायाँ–बायाँमा घर बनेको थिए।
चीनसँगको छोटो दूरीको नाका तातोपानी खुला भए सवारी चाप बढ्ने छ। यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन्।

काठमाडौँबाट बीपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ। यस्तै, अरनिको राजमार्ग हुँदै कोशी र मधेश प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
