टी२० सिरिज: थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। थाइल्यान्डले भने नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

काठमाडौँ– काठमाडौँमा जारी त्रिदेशीय महिला टी२० आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर ब्याटिङ रोजेकी हुन्। 

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

नेपालले पहिलो खेलबाट आज एक परिवर्तन गरेको छ। ईश्वरी विष्टको स्थानमा ममता चौधरी टिममा आएकी छन्।