जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (जहाज) दुर्घटना भएको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाजमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। जहाजमा चालक दलका ४ सदस्य, एक बिरामी बालक र उनका अभिभावक थिए। उनीहरू मेक्सिकोको तिजुआनास्थित आफ्नो घर जाँदै थिए।
लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको जहाज स्थानीय समय अनुसार साँझ साढे ६ बजे दुर्घटनाग्रस्त भएको हो।
घटनापछि आपत्कालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए। जहाजले उक्त क्षेत्रका धेरै भवन र कारलाई ठक्कर दिएको थियो।
बुधबार राति मात्रै राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकाशमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
