टी२० सिरिज: नेपालले थाइल्यान्डलाई दियो १०२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको हो। 

काठमाडौँ– त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी२० आई सिरिजअन्तर्गत नेपालले थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको हो। 

नेपालका लागि कविता कुँवर र विन्दु रावलले समान २५–२५ रनको योगदान दिए। कप्तान ईन्दु बर्माले १५ तथा कविता जोशीले ८ रन बनाइन्।  

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। थाइल्यान्डले भने नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।