महिला त्रिकोणात्मक टी२० आई शृंखलाअन्तर्गत शनिबार भएको खेलमा थाइल्यान्डले नेपाललाई ४ विकेटले पराजित गरेको छ।
काठमाडौँ– महिला त्रिकोणात्मक टी२० आई शृंखलामा थाइल्यान्डले लगातार दोस्रो जित हात पारेको छ। थाइल्यान्डले शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो पराजय हो। नेपाल यसअघि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो।
शनिबार नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। थाइल्यान्डका लागि नान्नापतले नटआउट रहँदै सर्वाधिक ६० रन जोडिन्। उनले ५८ बलमा ६ चौका प्रहार गरिन्।
१६औँ ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन्। रुविना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेकी थिइन्। १७औँ ओभरको अन्तिम बलमा नेपालकी मनीषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन्।
सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भए।
नेपालका लागि मनीषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिए। तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता घाइते भएकी थिइन्। उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो।
त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो ।
नेपालका लागि कविता र विन्दु रावलले समान २५ रन बनाए। कविताले ३२ बलमा २ चौका प्रहार गरिन्। बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन्। कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन्।
ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन्। पूजा महतो ६ तथा रुविना ४ रनमा आउट भए। कविता जोशी ८ तथा सीता राना मगर २ रनमा आउट भए।
जितसँगै २ खेलमा थाइल्यान्डको ४ अंक भएको छ। खेलेको दुवै खेलमा पराजित नेपाल अंकविहीन छ। आफ्नो तेस्रो खेल नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
