‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

धनुषा– नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेका थिए।

“साहले आफू डीएसपी भएको भन्दै ५० हजार रुपैयाँ ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो,” उनले भने।

पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए।