इजिप्ट, जोर्डन, यूएई, साउदी र कतारका विदेशमन्त्रीको बैठकले प्यालेस्टिनी नागरिकलाई गाजापट्टिबाट स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेको छ।
इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कतारका उच्च कूटनीतिज्ञले प्यालेस्टिनी नागरिकलाई स्थानान्तरण गर्ने प्रस्ताव अस्वीकार गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीलाई गाजापट्टिबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने विचार अघि सारेपछि शनिबार कायरोमा यी देशका विदेशमन्त्रीहरूको बैठक बसेको भएको थियो।
विदेशमन्त्रीहरूले ‘नयाँ बस्ती बसाल्ने, प्यालेस्टिनी समुदायलाई निष्कासन गर्ने, घर भत्काउने, कब्जा गर्ने, विस्थापन गर्ने, प्रोत्साहित स्थानान्तरण या उनीहरूको भूमिबाट जबरजस्ती हटाउनजस्ता कार्यले प्यालेस्टिनी नागरिकको ‘अविभाज्य अधिकारको उल्लंघन’ गर्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्।
इजिप्ट र जोर्डन दुवैले पनि गाजापट्टिलाई ‘सफा’ गर्ने ट्रम्पको प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै आएका छन्।
इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापन गर्दा अन्याय हुने र यस कार्यमा आफूहरू सहभागी हुन नसक्ने बताए।
अरब विदेशमन्त्रीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनसँग मिलेर मध्यपूर्वमा न्यायपूर्ण र बृहत् शान्ति स्थापनाका लागि काम गर्न आफूहरू चाहेको पनि बताएका छन्।
बैठकमा अरब लिगका महासचिव अहमद अबुल घेइत र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव हुसेन अल शेखसमेत सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
