साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा विदेश जाने सोच आएन। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन भए। अनि गाउँमै उद्यमी बने।
गलकोट– बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलो ८०० ग्रामको काउली फलाउन सफल भएका छन्।
गत वर्ष नौ किलोको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएका उनले यस वर्ष त्योभन्दा ठूलो फलाउन सफल भए।
२०६६ सालमा एउटा प्लास्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यस क्षेत्रकै सफल किसानमा गनिन थालेका छन्। “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ र त्यसको फल पनि पाएँ,” उनले भने।
उनले ‘खत्री एग्रो फार्म’ दर्ता गरेर १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन्। साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा विदेश जाने सोच आएन। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन भए। अनि गाउँमै उद्यमी बने।
हाल वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। यो सिजन काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले सुनाए।
खत्रीको फार्ममा आठवटा प्लास्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन्। खत्रीले आफूलाई कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
