नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

जारी सिरिजमा घरेलु टोली नेपाल जितविहीन छ। पाहुना टोली थाइल्यान्ड दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भएका छन्।

काठमाडौँ– त्रिकोणात्मक महिला टी२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सकी कप्तान बबेट डि लिडेले जितेर पहिले ब्याटिङ रोजेकी हुन्।

नेदरल्यान्ड्सविरुद्धको खेलमा घाइते भएकी कविता कुँवरको स्थानमा रेवती धामीले मौका पाएकी छिन्। रेवतीले नेपाली टोलीबाट डेब्यु पनि गरेकी छन्।

जारी सिरिजमा घरेलु टोली नेपाल जितविहीन छ। पाहुना टोली थाइल्यान्ड दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भएका छन्। 

नेपाल पहिलो खेलमा नदरल्यान्ड्ससँग र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।