हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग यसबारे कुराकानी गरेका छन्। सो क्रममा अमेरिकी अधिकारीसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति भएको थियो।
हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ। दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन।
विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्ने बताइएको छ।
दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाइ र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ। यसको नेतन्याहु सरकारका धेरै सदस्यले विरोध गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
