आइतबार नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो पराजय हो।
काठमाडौँ– राजधानीमा जारी त्रिकोणात्मक महिला टी२० शृंखलामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो पराजय हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।
आइतबार जितका लागि नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन्। उनले ३२ बल खेल्ने क्रममा १ छक्का प्रहार गरिन्। त्यस्तै, सम्झना खड्काले २४ बलमा ४ चौकाको सहयोगमा २३ रन बनाइन् भने पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता रानामगरले अविजित १० रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको थियो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन्। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। त्यस्तै, हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले समान २१ रन बनाए।
नेपालका लागि सिताले रानामगरले ५ विकेट लिइन्। त्यस्तै मनीषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले समान १/१ विकेट लिए।
प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता छ। नेपालले यही माघ २२ गते थाइल्यान्ड्ससँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
