पार्टीका सांसदलाई देउवाले बोलाए बालुवाटार

कांग्रेसमा संसदीय दलको नेता चयनको विषय चर्चामा रहेका बेला सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसद भेला गर्न लागेका छन्। 

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बालुवाटार बोलाएका छन्।

बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार दिउँसो तीनबजे सांसदहरूलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ। संसदीय दलको नेता चयनको विषय चर्चामा रहेका बेला देउवाले सांसदलाई बोलाएका हुन्।

कांंग्रेसले पुस ३ मा संसदीय दलको नेता चुन्न प्रक्रिया थाल्दैछ। प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ सिट जितेर कांग्रेस  प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ।

निर्वाचन आयोगले चुनावको सबै परिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले अब नयाँ सरकार गठनको विषयले चर्चा पाउन थालेको छ।