तनहुँको मालेबगरमा टिपरको ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरको ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन्। उनी मृतक अप्सराका छोरा हुन्। उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।
टिपरले प्रदेश ०१–०२२ च ६७७८ नम्बरको कारलाई समेत ठक्कर दिएको छ। घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
