यस्तो छ आजको मौसम पूर्वानुमान

 हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ। तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।