वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।
काठमाडाैँ– श्रीपञ्चमी अर्थात वसन्तपञ्चमीका अवसरमा काठमाडाैँको वसन्तपुरस्थित नासलचोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गरेका छन्। यही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरी पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे।
परापूर्वकालदेखि नै नेपालमा राजाहरूले गर्ने वसन्त श्रवण अहिले राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले गर्दै आएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति पाैडेलले वसन्त श्रवण गरेका हुन्।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ। यस अवसरमा वाद्यवादकहरूले वसन्तराग गाउँछन्।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।

सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअंगको प्रमुखहरू सहभागी भए। वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ।




तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
