सिरियाको उत्तरी शहर मानबिजनजिकै सोमबार भएको कार बम विस्फोटमा १४ महिला र एक पुरुष गरी १५ जनाको मृत्यु भएको छ।
सिरियाको उत्तरी शहर मानबिजनजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ।
आक्रमणमा १४ महिला र एक पुरुष गरी १५ जनाको मृत्यु भएको हो। सोही संख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन्।
ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले लेखेको छ, “स्थानीय सडकमा ‘कृषि मजदुर चढेको गाडीनजिकै कार बम विस्फोट’ भएको थियो। आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको, १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर छ।”
सिरियामा तत्कालीन राष्ट्रपति बसर अल असद्लाई सत्ताबाट हटाउनका लागि सन् २०११ मा शुरू भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिएको थियो। गृयुद्धका क्रममा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको थियो। कुल जनसंख्याको करिब आधा आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेको थियो।
राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमका बाबजुद पूर्वराष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाको प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउँदै पिताको अधिनायकवादी शासनशैलीलाई जारी राखेपछि उनीप्रति आक्रोश चुलिएको थियो।
गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उनलाई पदच्युत गरिएको थियो।
लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालीन सरकारका सहयोगी लडाकु समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरुद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन्।
डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा विद्रोहीले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएका थिए। त्यसपछि असदको शासनको अन्त्य भएको छ भने एचटिएसले अन्तरिम सरकार गठन गरेको छ। नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
