शेयर बजारमा ११ अर्ब ८७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने झिनो अंकको मात्रै वृद्धि देखिएको छ। सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको हो।

यस दिन ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबारको कारोबारमा बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, लघुवित्त ०.१०, म्युचुअल फन्ड ०.७८, निर्जीवन बीमा ०.८२ र व्यापार समूह ०.७९ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक ०.३९, वित्त १.०७, होटल तथा पर्यटन ०.०१, जलविद्युत् ०.४८ र लगानी समूह ०.४७ प्रतिशतले घटेको हो।

उपकार लघुवित्त र भूगोल इनर्जीको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ। त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै वरुण हाइड्रोपावरको ६ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ।