त्रिकोणात्मक महिला टी२० शृंखलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।
काठमाडौँ– राजधानीमा जारी त्रिकोणात्मक महिला टी२० शृंखलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा ६९ रनमा ‘अलआउट’ भयो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन्। आइरिस विलिङले १३ रन जोडिन्। यस्तै, क्यारोलिन डी ल्यासले १० रन बनाइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो। थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन्। फन्नीता मायाले १२ रन जोडिन्।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान २/२ विकेट लिए भने इसा बेल भान डरले १ विकेट लिइन्।
नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो। यसअघि नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो।
शृंखलामा सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले मंगलबार थाइल्यान्डसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
