चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मनाङ– मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो निभाउन सकिएको छैन। चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नसकिएको जानकारी दिए। “स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ। बस्तीभन्दा टाढाको भिरमा आगलागी भएकाले समस्या भइरहेको हो,” उनले भने, “अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेका छौँ। बस्तीमा जोखिम छैन।”
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए। “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ। सुक्खायाम, वनजंगलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ,” उनले भने।
सल्लाको काठ, पातपतिंगरले गर्दा आगो बढ्नसक्ने डर रहेको उनको भनाइ छ। सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजंगलमा आगलागी भइरहेको छ।
“आगलागीका कारण चराचुरुंगी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ। चरन क्षेत्र नाश हुने सम्भावना छ,” कार्यालय प्रमुख भुजेलले भने। उनका अनुसार यस वर्षको मंसिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको छ।
२०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो। जसले मनाङको एक हजार २०० हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
