वेस्टह्यामाथि पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा

चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।

काठमाडौँ– चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेस्टह्यामाथि २–१ को पुनरागमन जित दर्ता गरेको छ। यो जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ।

सोमबार राति भएको खेलमा जारोड बोवेनको गोलले वेस्टह्यामले अग्रता लिएको थियो। चेल्सीका लागि पेड्रो नेटोले बराबरी गोल फर्काए। एक गोल भने आत्मघाती रह्यो। 

चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।

शीर्ष तीनमा लिभरपुलको ५६, आर्सनलको ५० र नटिङघम फरेस्टको ४७ अंक छ। लिभरपुलले एक खेल कम खेलेको छ।