कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्।
काँक्रेविहार– कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक रिक्त रहेको बताए।
कर्णालीमा दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन्। हाल विद्यालयका आधारमा १७ हजार ३८४ हो। ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन्। यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जनामात्र छन्। यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन्। यस तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन्। अहिले एक हजार ८६१ जना कार्यरत छन्।
यसैगरी, ६०५ माविमा एक हजार ७४९ शिक्षक अपुग छन्। यस तहमा तीन हजार २५ शिक्षकको दरबन्दी छ। अहिले एक हजार २७६ जना शिक्षक मात्र छन्। २५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन्। यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले ५७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए।
उनका अनुसार कर्णालीमा विशेषगरी अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ। कानूनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ। शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन्।
निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए। बाल विकासदेखि उच्च माविसम्म ६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
