मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ।
मंगलबारको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ बराबरको कारोबार भएका छ। सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूहको सूचक घटेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत्को ८.२५ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.१९ प्रतिशत, उपकार लघुवित्तको ८.१२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य ८.०५ प्रतिशतले बढेको छ।
साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारपछि बजार पुँजीकरण ४५ खर्ब ६ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
