चीनले अमेरिकी प्रविधि कम्पनी गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघनको अनुसन्धान गर्ने बताएको छ।
चीनले मंगलबार अमेरिकी प्रविधि कम्पनी गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघनको अनुसन्धान गर्ने बताएको छ। वासिङ्टनले चिनियाँ वस्तुमाथि १० प्रतिशत भन्सार दर लगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
बेइजिङको राज्य बजार नियमन प्रशासनले गुगलमाथि ‘जनवादी गणतन्त्र चीनको एकाधिकार विरोधी कानून उल्लंघन गरेको आशंका’ गरिएको बताएको छ।
यसले ‘कानूनअनुसार गुगलमा अनुसन्धान शुरू गरेको’ प्रशासनले एक विज्ञप्तिमा उल्लेख गरेको छ। प्रशासनले गुगलमाथिका आरोपबारे थप विवरण सार्वजनिक गरेको छैन।
गुगलको कोर सर्च इन्जिन र यसका धेरै सेवा मुख्य भूमि चीनमा प्रतिबन्धित छन्। चीनमा अमेरिकी इन्टरनेट कम्पनीहरूले लामो समयदेखि राजनीतिक रूपमा संवेदनशील सामग्री रोक्ने ‘ग्रेट फायरवाल’का कारण व्यापार गर्न संघर्ष गरिरहेका छन्। सन् २०११ मा गुगलले चिनियाँ भाषाको सर्च इन्जिनलाई हङकङमा स्थानान्तरण गरेको थियो।
बेइजिङले मंगलबार टमी हिलफिगर र क्याल्भिन क्लेइन स्वामित्वमा रहेको अमेरिकी फेशन समूह पीभीएच कर्प र बायोटेक जायन्ट इलुमिनालाई ‘अविश्वसनीय संस्था’को सूचीमा थप्ने पनि बताएको छ। चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा यो कदमले ‘सम्बन्धित कानूनअनुसार राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्ने’ बताएको छ।
“माथिका दुई संस्थाले सामान्य बजार कारोबारका सिद्धान्तको उल्लंघन गरेका छन्, चिनियाँ उद्यमसँगको सामान्य कारोबारमा बाधा पुर्याएका छन् र चिनियाँ उद्यमविरुद्ध भेदभावपूर्ण उपाय अपनाएका छन्”, विज्ञप्तिमा भनिएको छ।
चीनले सेप्टेम्बरमा पीभीएचले सिन्जियाङ क्षेत्रको कपासको ‘अनुचित’ रूपमा बहिष्कार गरेको भन्दै अनुसन्धान गरिरहेको बताएको थियो। उक्त क्षेत्रमा बेइजिङमाथि व्यापक मानवअधिकार उल्लंघनको आरोप लागेको छ।
अमेरिकाले शनिबार प्रमुख व्यापारिक साझेदारविरुद्ध व्यापक करको घोषणा गरेको थियो। यसमा चीनबाट आउने वस्तुमा विद्यमान भन्सार दरमाथि थप १० प्रतिशत भन्सार दर लगाइने छ। राष्ट्रपति ट्रम्पले कर लगाउनुको उद्देश्य अवैध आप्रवासी र फेन्टानिल लगायतका लागुऔषधको अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई दण्डित गर्नु रहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
