दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँ– दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।