केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ।
काठमाडौँ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा ६ बुँदे सहमति भएको छ। सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ।
मंगलबार राति अबेरसम्म गृह मन्त्रालयबाट गठित वार्ता टोली र पहिचान पक्षधरको वार्ता सहजीकरण समितिबीच सहमति भएको हो। सहमतिमा पाथीभरा केबलकार स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ।
सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दी रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा पहिचान पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ।
यस्तै मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरत पक्षका तर्फबाट वार्ता सहजीकरण समिति सदस्य सरु सिंगकले हस्ताक्षर गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
