दशरथ रंगशालाको विकल्पका रूपमा राष्ट्रिय खेलकुद परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो।
ललितपुर– ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारस्थित च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ। खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मत सम्भारका निम्ति तत्काल २ करोड रुपैयाँ आवश्यक हुने बताएका छन्।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन २ करोड रुपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुनदासले बताए। बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरिएको उनको भनाइ छ। ”
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकारका अनुसार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भइरहेको छ। मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकारवाला निकाय मौन रहेको उनले बताए।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्ने बताए। दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
