तोलामा २ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन तोलाको १ लाख ६४ हजार ७०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलाको १ हजार ९३० रुपैयाँ रहेको चाँदी १ हजार ९७५ रुपैयाँ पुगेको छ।