सम्झौता अनुसार पुल निर्माण २०७० सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सरकारले ठेक्का रद्द गरेको थियो।
भोजपुर– उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षदेखि अलपत्र छ। करिब ४ करोड रुपैयाँ खर्च भएपछि पुल निर्माण अलपत्र बनेको हो।
लम्सुवाघाटमा २०६७ सालमा पुल निर्माण थालिएको थियो। ६ पिलरको बेस राखेपछि पुल अलपत्र बनेको षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। “पुल निर्माणको काम १४ वर्षदेखि अलपत्र छ,” वडाध्यक्ष विसुन्केले भने, “राज्यको करिब ४ करोड रुपैयाँ खर्च भएपछि काम अलपत्र पारिएको छ। यो पुल बनिदिए दुवै जिल्लावासीलाई राहत हुने थियो।”
पुलको लम्बाई १७२ मिटर लामो हुनेछ। निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनुपर्ने षडानन्द–६ का स्थानीय सीताराम लम्सालले बताए। पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ। “पुल बन्ने आशामा बसेका हामी निराश बनेका छौँ। राज्यले यो पुल निर्माणमा ध्यान दिन आवश्यक छ,” उनले भने।
सम्झौता अनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सरकारले ठेक्का रद्द गरेको थियो। सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालका अनुसार त्यसपछि ठेकेदार अदालत गएका थिए।
२०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दाको कार्यालयको पक्षमा फैसला भएको थियो। निर्माण कम्पनीले क्षतिपूर्ति माग गर्दै पुनः अदालतमा रिट दायर गरे। अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्य मध्यस्थ कर्तामार्फत समस्या समाधान प्रक्रियामा रहेको उनले जानकारी दिए।
उक्त समस्या समाधान भएपछि मात्र थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। कम्पनीको धरौटी बापतको ७७ लाख रुपैयाँ रोक्का रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
