ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताएका छन्।
ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन्।
शनिबार ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका हुन्। उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु नहुने बताए।
उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए। उनले मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए।
मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने तर्क गरे।
"अन्तर्राष्ट्रिय अध्ययनअनुसार ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ। यसका लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन", उनले भने, "काठमाडौँ र ललितपुर महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका खेल्नुपर्छ। त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो। यसमा अघि बढौँ।"
मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
