नेपालका लागि पूजा महतोले अविजित ६२ रनको अर्धशतकीय पारी खेलिन्। ५१ बल खेलेकी उनले ५ चौका प्रहार गरेकी थिइन् ।
काठमाडौँ– पूजा महतोको अर्धशतकमा नेपालले त्रिकोणात्मक महिला टी२० आई सिरिजमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
नेपालका लागि पूजा महतोले अविजित ६२ रनको अर्धशतकीय पारी खेलिन्। ५१ बल खेलेकी उनले ५ चौका प्रहार गरेकी थिइन्। कप्तान ईन्दु बर्माले ३९ तथा रुविना क्षेत्रीले २० रनको योगदान दिए।
जारी सिरिजमा नेपालका लागि अर्धशतक बनाउने पूजा पहिलो ब्याटर हुन्। पूजाको यो दोस्रो टी२०आई अर्धशतक हो। यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरुद्ध अर्धशतक बनाएकी थिइन्।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ तथा कारोलिन डे लाङ र हिथर सिगर्सले समान १-१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
