किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको नगरपालिकाले महसुल तिरेको छैन। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।
सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न शुरू गरेको छ। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।
नगरपालिकाले दुई वर्ष अघिदेखि नगरका किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको थियो। तर, लामो समयदेखि पालिकाले महसुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न शुरू गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए। उनले भने,–“हामीले अहिले तीन ओटा ठूला कृषि मिटरको लाइन काटेका छौँ। नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोडभन्दा माथि छ। महसुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन।”
सिँचाइ मिटरको लाइन काटिँदा वडा नं. ८ का सयौं किसान मर्कामा परेका छन्। “किसानले लगाएको गहुँमा सिँचाइ गर्नु पर्ने समयमा विद्युत्को लाइन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ,” स्थानीय किसान योगेश सिंहले भने,“नगरपालिकाले विद्युत्को महसुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाइरहेका छन्।”
उनले यहाँ रहेको सामुहिक कृषि सिँचाइ मिटरको २ हजार २०० रुपैयाँ महसुल पुगेपछि प्राधिकरणले लाइन काटेको जानकारी दिए। उनले भने,“पालिकाले जिम्मा नलिएको भए हामी नियमित रूपमा महसुल बुझाउँथ्यौँ। अहिले २२ हजार महसुलमात्र हैन, त्यसमा लाग्ने जरिबाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो।”
एउटै मोटरले यस क्षेत्रका ५० बिगाहभन्दा धेरै जमिन सिँचाइ गर्दै आइरहेका उनले जानकारी दिए।
समयमा विद्युत्को महसुल नबुझाउँदा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्बर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए।
“पालिकाले किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो। समयमा महसुल नतिर्दा जरिबाना बेहोर्नु पर्ने अवस्था भएको छ। त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महसुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो,” अध्यक्ष यादवले भने, “पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत् महसुल बुझाउन ४५ लाख विनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत् प्राधिकरणमा बुझाएको थियो।”
विनियोजित बजेट र उठेको महसुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बताए। उनले भने,“नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ। बजेट र भुक्तानी गर्नुपर्ने महसुलको तालमेल मिलिरहेको छैन। आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरी निकास निस्कन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
